१४ बैशाख २०८१, शुक्रबार

विश्व कीर्तिमान सगरमाथा क्याम्प २ को चिया पार्टी

sagarmath party

एन्ड्रु हग्स र उनका पर्वतारोही सदस्यका लागि ‘अग्लो चिया लिनु’ ले नयाँ अर्थ राखेको छ ।

पर्वतारोहण दलले नेपालमा गत वर्ष समुद्री सतहभन्दा २१ हजार ३ सय १२ फिटमाथि सगरमाथा क्याम्प २ मा एक चिया पार्टी आयोजना गरेको थियो।

जसले गिनिज विश्व कीर्तिमान कायम गरेको छ । यही महिनामात्रै हालसम्मकै अग्लो चिया पार्टीको कीर्तिमानलाई गिनिजले पहिचान गरेको हो।

वासिङटनस्थित सिटलका हग्स उनकै भाषामा भन्दा ‘उच्च साहसी एथ्लेट’ हुन् । अग्लो चिया पार्टीको योजना भने कोरोना महामारीले प्रतिबन्ध र लकडाउन हुनथालेपछि पर्वतारोहण सम्भव नहुने निष्कर्षसँगै बनेको उनको भनाइ छ ।

जब उनी आइसोलेसनमा बसे त्यसले उनलाई पर्वतहरुभन्दा सामुदायिक गतिविधिको यादले हैरान बनायो । ‘जीवनमा असाध्यै ठूला भनेका प्रायः बाँडेका कुराहरु नै हुन्’, हग्सले भने।

उनका अनुसार त्यो माहोल भने सन् २०२१ को मे ५ तिर भएको थियो । यसले अरुलाई पनि आफ्ना सपना खोज्न प्रेरित गर्ने उनको भनाइ छ । उनका अनुसार अग्लो चिया पार्टी गर्न र अघिल्ला कीर्तिमान पन्छाउन निकै संघर्ष गर्नुपरेको थियो। खासगरी खुम्बुको हिमपातकै बीच सामग्रीहरु बोक्न निकै असहज थियो ।

त्यही चिया पार्टीमा सामेल अर्का एक जनाका अनुसार योजना बनाइएको चिया पार्टीको दिन ठूलो हिम आँधीले हिमपात भएको थियो ।

त्यसबाहेक अर्को अन्य आपूर्तिको व्यवस्थापन मिलाउन उस्तै समस्या भएको थियो । उनले सिटलबाटै गर्ल स्काउट कुकिज लगेका थिए । यी सामग्री नेपालसम्म विमानमा, बेसक्याम्पसम्म सडक यातायात र त्यसपछि आफ्नो झोलामा राखेर क्याम्प २ सम्म लगेका थिए ।

अन्त्यमा उनीहरुले योजना गरेको चिया पार्टी सम्भव भएको थियो। यसलाई उनी आफ्नो जीवनकै अविस्मरणीय रहेको उनी बताउँछन् । उनी सन् २०१९ को असफल प्रयासको दुई हप्तापछि सगरमाथाको शिखरमा पुग्न सफल भएका थिए । सीएनएन