१४ बैशाख २०८१, शुक्रबार

रात्रिकालीन व्यवसाय २४ सै घण्टा खुल्ने भएपछि पर्यटन व्यवसायी उत्साहित

pokhara valley

पर्यटकीय नगरी पोखरा लेकसाइड २४ घण्टा खुल्ला भएको छ । नेपाल सरकारले बुधवार पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, काठमाडौँको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला गर्ने निर्णय गरेसँगै लेक साइडका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । यसअघि लेकसाइडका व्यवसाय राति १२ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।

व्यवसायी, स्थानीय र प्रहरी प्रशासनबीच कुरा नमिल्दा व्यवसायीले आधा रातमै व्यवसाय बन्द गर्नुपर्ने बाध्यता रहेको थियो । रात्रिकालीन व्यवसाय गर्न दिने निर्णय गरेसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । सरकारले व्यवसायीको हितलाई मध्यनजर गर्दै गरेको निर्णय स्वागत योग्य रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

सरकारको रात्रिकालीन व्यवसायी सञ्चालन गर्न बनेको कार्यदलमा समेत रहनु भएका सुवेदीले भन्नु भयो २४ घण्टा व्यवसाय सञ्चालन गर्नु राम्रो तर व्यवस्थापन गर्न प्रशासनले कस्तो सहयोग गर्छ त्यो हेर्न बाकी नै रहेको बताउनुभयो । हामीले व्यवसाय सञ्चालन गर्दा अर्को व्यवसाय र पर्यटकहरूलाई असर गर्नु हुदैन् । हामी पोखरमा लामो समय सम्म कोरोनाले थलिएका पर्यटन व्यवसायीहरूलाई यो राहत नै हुने सुवेदी बताउनु हुन्छ । ”

२४ घण्टा खोल्ने भए पछि हामीहरू व्यवसायी आन्तरिक तयारीमा जुट्न थालेका छौ । ‘सरकारले निर्णय गरेको छ । यो बिस्तारै हुँदै जान्छ । एकै चोटि २४ सै घण्टा खुल्छ भन्ने छैन । सरकारले तयार गरेको मापदण्ड पालना गर्दै अगाडि बढ्छौँ ।’ रेष्टुरेन्ट एण्ड वार एसोसिएसन रेवान पोखराका अध्यक्ष लक्ष्मण बराले बताउनु हुन्छ ।

रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज, डान्स क्लब, रेस्टुरेन्ट, बार, दोहोरी साँझ लगायत पर्छन् । रात्रिकालीन व्यवसाय गर्न अनुमति पाएसँगै पोखरामा रोजगारी बढ्ने र पर्यटक पनि खुलेर रम्न सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।