१५ चैत्र २०८०, बिहीबार

समाचार वाचिकाको पछाडि रुस–युक्रेन युद्ध विरोधको प्लेकार्ड लिएर पुगे पछि…

russia tv protest

युक्रेनसँगको युद्धको विरोध जनाउने क्रममा रुसको प्रमुख टेलिभिजन च्यानल मध्येको च्यानल वानको साँझको समयको मुख्य समाचार अवरुद्ध भएको छ।

एक जना महिला समाचार वाचिकाको पछाडि प्लेकार्ड लिएर पुगेकी थिइन जसमा युद्ध गर्न नहुने उल्लेख गर्दै प्रोपोगान्डाको विश्वास नगर्न आग्रह गरिएको थियो।

उक्त टेलिभिजन च्यानलले त्यसलगत्तै समाचार प्रशारण बन्द गरी पहिले नै रेकर्ड गरिएको अर्को रिपोर्ट प्रसारण सुरु गरेको थियो।

एउटा स्वतन्त्र अनुगमन समूहका अनुसार ती महिला च्यानल वानकी सम्पादक मध्ये एक हुन्।उनी पक्राउ परेको बिबिसीले जनाएको छ।