१४ बैशाख २०८१, शुक्रबार

वैशाखमा सबै परीक्षा र नतिजा प्रकाशन गरिसक्न विद्यालयहरुलाई निर्देशन, जेठ १ बाट नयाँ शैक्षिकसत्र शुरु हुने

School

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर नजतजा प्रकाशन गरिसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

चैतभर भने पठनपाठनलाई जारी राख्नुपर्ने केन्द्रले बताएको छ।

वैशाख ९ गतेदेखि सञ्चालन हुने एसईई परीक्षालाईसमेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाइ छ।

केन्द्रले मंगलवार जारी गरेको सूचनामा शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्ने उल्लेख छ । विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको कामसमेत वैशाखमै सक्नेउल्लेख छ ।

साथै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाखमै सुरू गर्नुपर्नेछ। जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गर्न पनि केन्द्रले निर्देशन दिएको हो।