७ बैशाख २०८१, शुक्रबार

रावलको प्रधानमन्त्री देउवालाई जवाफ- तपाईकै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ

bhim rawal sherbadhur deuba

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन्।

सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले एमसीसीबारे रावलले दुई जिब्रे कुरा गरेको आरोपसमेत लगाएका थिए । रावल मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको देउवाको भनाई छ ।

‘उहाँ (भीम रावल) त्यसबेला मन्त्री हुनुहुन्थ्यो। उसबेला दिमाग खुस्किएको थियो ?’ देउवाले आक्रोशित हुँदै भनेका थिए । रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसीबारे महत्वपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनीसमेत दिएका छन्।

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटबाट जवाफ दिँदै प्रधानमन्त्रीको भनाई उदण्डतापूर्ण र तथ्यहीन रहेको बताएका छन्।

‘सार्वजनिक जानकारी नराखी नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ’ रावलले भने । एमसीसीबारे अझै बहस गर्न तयार रहेको रावलले बताए ।

रावलकाे ट्वीट-

FNzAZxUVcAEb0Qu