१६ चैत्र २०८०, शुक्रबार

कमजोर भयो रुस ! माग्यो चीनसँग सैन्य शक्ति

russia china ukraine

रुसले युक्रेनमा निरन्तर हमलालाई जारि राखेको छ । तर निरन्तरको हमलामा पनि सफलता भने अझै प्राप्त गर्न सकेको छैन । जसका कारण रुसले चीनसँग सैन्य शक्ति मागेको भन्ने विषयले विश्वमा चर्चा पाएको छ ।

रुसले चीनलाई युक्रेनसँग लड्न सैन्य सहयोग मागेको भन्ने विषयले फेरि नयाँ प्रकृतिको युद्ध हुने छनक देखिएको छ । यदि रुसलाई चीनले सैन्य सामाग्री मात्र सहयोग गर्ने हो भने युक्रेन थप दवावमा त पर्ने नै छ । पश्चिमा राष्ट्र समेत चिडिने छन् । जसका कारण विश्वयुद्ध नै हुने आंकलन गर्न सकिन्छ ।

रुस र चीन एका तिर र पश्चिमा राष्ट्रहरु अर्कोतिर हुने निस्चित छ । जसको परिमाण अन्य साना राष्ट्रले भोग्नु पर्ने स्थिती आउन पनि सक्छ । अमेरिकी अधिकारीले उल्लेख गरेअनुसार रुसले चीनसँग ड्रोनलगायतका सैन्य हतियार सहयोग मागेको छ । यस विषयमा रुसले भने कुनै प्रतिक्रिया भने छैन ।

यता अमेरिकाले भने रुसलाइ सहयोग गरे चीनले त्यसको घातक परिणम भोग्नु पर्ने चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनले रुसलाई सहयोग दिनु चिन्ताको विषय रहेको बताएका छन् । उनले अहिले आफूहरु निरन्तर चीनले रुसलाई गरेको सहयोगलाई नियालिरहेको बताएका छन् । उनले यस विषयमा चिनियाँ अधिकारीसँग पनि कुरा भइरहेको बताए ।

फेब्रुअरी २४ यता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ । त्यसको प्रभाव रुस र युक्रेनमा त प्रत्यक्ष नै देखिएकै छ भने, अमेरिका पनि अछुतो भने रहने छैन । अमेरिकाले युक्रेनलाई सहयोग गरेवापत ठूलो मूल्य चुकाउनु पर्ने रुसले चेतावनी दिदै आएको छ ।

रुसी स्पेस एजेन्सी रसकसमसका प्रमुखले अमेरिकी अन्तरिक्षयात्रीलाई स्पेस स्टेसनमै छाडिदिने वा स्पेस स्टेसनलाई नै दुर्घटना गराएर पृथ्वीमा खसालिदिने सम्मको धम्की दिएका छन् । हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अमेरिकी अन्तरिक्ष यात्री ५२ वर्षीय मार्क भन्दे हेइ रुसी सोयुज यानबाट आगामी मार्च ३० मा पृथ्वीमा फर्किने कार्यक्रम छ । उनीसँगै अरु दुईजना रुसी अन्तरिक्षयात्री पनि पृथ्वीमा फर्किनेछन् ।

यसैविच, रुस र युक्रेनका अधिकारीले सोमबार भिडियो कन्फेरेन्समार्फत् बैठक गर्दैछन् । दुवै पक्षबीच हुन लागेको नयाँ चरणको वार्तासँगै रुस–युक्रेन युद्ध चाँडै अन्त्य हुने आशा पलाएको छ । साथै, चर्किएको युद्ध अन्त्य हुने गरी प्रगतिको लक्षणसमेत देखिएको छ ।

युक्रेनभर भीषण लडाइँ भइरहेको र त्यहाँको पश्चिमी क्षेत्रमासमेत फैलिइरहेको बेला सोमबार वार्ता हुँदैछ । लडाइँ जारी रहेका बेला दुवै पक्षबाट आएका अभिव्यक्तिले युद्ध अन्त्य हुन सक्ने संकेत गरेका छन् ।