१५ चैत्र २०८०, बिहीबार

अन्य देशमै बस्न थाले युक्रेन छाडेका नेपाली, बेलारुसको जंगलमा ११ जना अलपत्र

ukrine rush

रुस–युक्रेनबीच जारी युद्धका कारण दुवै देशम रहेका नेपालीहरुले देश छाडेर अन्य देशमा गए बस्न लागेका ।

युक्रेनम रहेका अधिकांश नेपालीले युक्रेन छाडेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्लोभाकियाका प्रतिनिधि जय प्रकाश सिवाकोटीका अनुसार युक्रेनमा रहेका करिब ६०० जना नेपालीमध्ये ५८० जना नेपालीले युक्रेन छाडेका छन् ।

युक्रेनमा रहेका करिब १०० बढी स्थायी बसोबास भएका नेपालीले भने अझै युक्रेन नछाडेको उहाँले बताउनुभयो । सिबाकोटीका अनुसार युक्रेनले आफ्ना नागरिकलाई देश छोड्न नदिएका कारण उनिहरुले युक्रेन छाड्न नसकेका हुन ।

युक्रेनमा रहेका ती नेपाली आफूहरुको सम्पर्कमा आए पनि उनिहरुलाई उद्दार गर्नको लागि समस्या भइरहेको उहाँको भनाइ छ ।

युक्रेन छोडेका अधिकांश नेपाली अन्य देशमै बसे

जारी द्वन्द्वका कारण युक्रेनमा रहेका अधिकांश नेपालीले उद्दारका लागि सरकारलाई आह्वान गरेका थिए ।

युक्रेनमा नेपालको दूतावास नरहेकाले त्यहाँ रहेका नेपालीलाई सिमाका देशमा रहेको राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको थियो । फलस्वरुप :उनीहरु नजिकका देशमा रहेका नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए )का प्रतिनिधिसँग सम्पर्क गरी युक्रेनको सीमा पार गरि अन्य देश छिरे ।

तर,हाल रुस–युक्रेन द्वन्द्व पीडित नेपाली दुतावासको सम्पर्कमा आउन छाडेका छन् । केही बिचौलीयाले युरोपका विभिन्न देशमा रहेका नेपालीलाई रसिया–बेलारुस युक्रेन हुँदै पश्चिमी युरोप भित्राउन सकृय हुनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको जर्मनका लािग नेपाली राजदूत रामकाजी खड्काले बताउनुभयो ।

1647152391 bKt6Q

युक्रेन छाडेका धेरै नेपालीहरुलाई नेपाल फर्काउन कोसिस गरिएको भए पनि अन्य देश छिरे पछि सम्पर्कमा आउन नचाहेको खड्काले बताउनुभयो । उहाँका अनुसार युक्रेनमा रहेका ८० प्रतिशत नेपालीहरुले युक्रेनलाई ट्रान्जिट प्वाइन्ट रुपमामा रोजेको देखिएको छ । ‘उनीहरुलाई बाहिर निस्कनका लागि यो समय उपयुक्त हो ।

धेरै नेपालीहरु युक्रेनमा आएर छ महिनापछि पश्चिमी युरोपमा छिर्ने सोच बनाएर आएका हुन्छन् । उनिहरुका लागि यो समय अझ उपयुक्त बन्यो । यसकारण पनि अहिले धेरै नेपालीहरु युक्रेन छाडेर अन्य देश गएपछि हाम्रो सम्पर्कमा आएका छैनन्,’उहाँले भन्नुभयो ।

युद्धमा विस्थापित भएका नेपालीमध्ये चार जना भारतीय सरकारको सहयोगमा उद्धारमार्फत नेपाल आएका छन् । भारतले दुई जना हंगेरी, एक जना रोमानिया र एक जनालाई पोल्याण्डबाट गरी चार जनालाई उद्धार गरेको हो । नेपाल फर्किएका १० जनामध्ये बाँकी छ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपाली आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

लिथुआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र

रुसबाट हिँडेका ११ जना नेपाली लिथुआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले उद्धारको लागि पहल गरिदिन आग्रह गरेको (एनआरएनए) स्लोभाकियाका प्रतिनिधि जय प्रकाश सिवाकोटीले बताउनुभयो ।

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेको सिवाकोटी बताउनुहुन्छ । तर त्यसपछि भने उनिहरु सम्पर्कमा नरहेको उहाँले सुनाउनुभयो ।

सुभास कुँवर नामको व्यक्तिले फोन गरेर आफूहरु अलपत्र भएको सुनाउनुभयो । ‘आर्मीको कब्जामा रहेको र निस्केपछि फोन गर्छौ भनेर म्यासेज आयो’ उहाँले भन्नुभयो पासपोर्ड र लोकेसन पठाउन आग्रह गरेँ तर उताबाट पठाउनुभएन ।

त्यसकारण ती नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिडेको हुने सक्ने उहाँको आशंका छ । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले आफूहरुको क्षेत्र बेलारुस र लिथुयानिया नभएकाले मस्कोमा रहेको राजदूतावासले चासो देखाउनुपर्ने बताउनुभयो ।

तर,यस विषयमा आफूले जानकारी पाएलगत्तै मानवीय संवेदनसिलता कारणले उनिहरुलाई उद्दार गर्ने प्रयास गरिएपनि उनिहरुसँग सम्पर्क नभएको बताउनुभएको छ । उनीहरु विचौलिया मार्फत नै अन्य मुलुक छिर्न खोज्दा समस्यामा परेको हुनसक्ने आशंका छ ।