१३ जेष्ठ २०७९, शुक्रबार

युथ फोर्सको सपूतलाई धम्की दिने माओवादी नेता-कार्यकर्तालाई चेतावनी

prakash saput
फाइल फोटो

म्युजिक भिडियो निर्माण गरेकै आधारमा गायक प्रकाश सपूतलाई धम्की दिले नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्तालाई राष्ट्रिय युवा संघ नेपालको युथ फोर्स विभागले चेतावनी दिएको छ ।

सपूतले भर्खरै सार्वजनिक गरेको ुपिरु नामक नयाँ म्युजिक भिडियोलाई लिएर माओवादी नेता(कार्यकर्ता आक्रोशित भएका छन् ।

गीतकै विषयमा सपूतविरुद्ध धम्कीपूर्ण भाषा प्रयोग भएपछि आइतबार युथ फोर्सका प्रमुख पुष्पराज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै धम्कि दिनेलाई चेतावनी दिएका हुन् ।

‘देशको गहनाका रुपमा उदयमान प्रकाश सपूतजस्तो प्रतिभाविरुद्ध भइरहेका धम्कीपूर्ण भाषाको प्रतिकार गर्न युथ फोर्स नेपाल हरदम तयार छ’ विज्ञप्तिमा भनिएको छ, ‘यदि कानुन सम्बत भएको रचनालाई कसैले धम्की दिई रोक्न खोजिन्छ र राजनीतिक नाममा अराजनीतिक गतिविधि गर्न खोजिन्छ भने यसको प्रतिकार गर्ने मुलुकमा युथ फोर्स नेपाल रहेको अवगत गराउँदै यस्ता धम्कीपूर्ण कार्य रोक्न सुझाव दिन चहान्छौँ ।’

युथ फोर्सले गीतको विषयमा माओवादी नेता-कार्यकर्ता संकेत गर्दै ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट पारेको छ । कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरंजन दिने अभिप्रायले सिर्जना गरेको हुने र कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैमा नहुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

yuth 593x768 1