२९ बैशाख २०८१, शनिबार

मोरङमा १८ महिनाकी बालिकाकाे करणी गरी हत्या गरेकाे आराेपमा २ जना पक्राउ

arrest morang

मोरङमा १८ महिनाकी बालिकालाई करणी गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ ।

सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिकालाई करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले त्यही ठाउँका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गएको फागुन १७ गते खेल्दै गरेकी बालिकालाई उनीहरूले चकलेट दिएर ललाई फकाई गरी अपहरण गरी बालिकाको घरबाट पश्चिमतर्फ बयरघारीमा करणी गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।

आरोपीमध्ये एक अजय चौधरी दुई वर्ष अगाडि पनि दुई वर्षीया बालिकाको अपहरण मुद्दामा कारागार चलान भइ गएको मङ्सिर १८ गते अदालतको फैसलाबाट रिहा भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।