८ बैशाख २०८१, शनिबार

हरियाली शेयर बजारमा, नेप्से परिसूचक १०१ प्रतिशतले वृद्धि

810 425 16108886484122 nepse

साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचकमा उछाल आएको छ । आइतवार शेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ ।

त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१७ अंकले बढेको छ ।

आइतवार कारोबारमा आएका २२८ कम्पनीको ९० लाख २२ हजार कित्ता शेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । पछिल्लो दुई हप्ता निरन्तर रुपमा गिरावट भएको नेप्सेमा आइतवार लगानीकर्ता आकर्षण बढ्दा एक सय अंक भन्दा बढीले बढेको छ ।

नेप्सेका १३ उपसमूहकै परिसूचकमा हरियाली छाएको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ६.९५ प्रतिशत बढेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । यता व्यापार, विकास बैंक, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।

आइतवार नेप्से परिसूचकसँगै कारोबारमा आउका ५ कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । जसमा ज्योति लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ्ग नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सको शेयरमूल्य बढेको छ ।

कारोबार रकमका आधारमा ३४ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपि पावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।