७ बैशाख २०८१, शुक्रबार

थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ९२ जना सङ्क्रमणमुक्त

corona insurance

देशभर आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय ४७ नमुनाको परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कूल परीक्षण अनुसार यो हप्ता कोरोना संक्रमणदर १ दशमलव ६ प्रतिशत रहेको छ ।

आज संक्रमित १ सय ९२ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको निधन नभएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, आज ८८ हजार ४ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सरकारले चैत्र मसान्त भित्रमा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाई सक्ने लक्ष्य समेत राखेको छ ।