१३ बैशाख २०८१, बिहीबार

पानी नपरेको बेला देउवाको आँगनमा माछा परेको छ : ओली

kp oli
फाइल फोटो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको आँगनमा माछा परेको टिप्पणी गरेका छन् । आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले देउवाको आगनमा पानी नपरेको बेलामा माछा परेको टिप्पणी गरेका हुन् ।

प्रतिनिधिसभामा कम सिट भए पनि गठबन्धनका कारण देउवाले प्रधानमन्त्री पद पाएको तर्फ लक्षित गर्दै ओलीले समुन्द्र र पोखरी छेउवा नभए पनि देउवाको आगनमा माछो परेको टिप्पणि गरेका हुन् ।

‘देउवाजीको आँगनमा माछो परो बादल लागेको बेलामा । न समुद्र न पोखरी, न खोला माछा पर्छ कहिले काँही तपाईंहरुले देख्नु भएको छ कि छैन मैले देखेको छु’ उनले भने, ‘त्यही भएर उहाँलाई केही चिन्ता छैन । माछो ल्याएर घैलामा राख्नु भएको छ ।’

अदालतको परमादेशका कारण आफू सत्ताबाट हट्नु परेको बताउँदै ओलीले भने, ‘परमादेशबाट पारिदिएको माछाको चिन्ता छ, त्यसकारण उहाँलाई देशको चिन्ता छैन ।’ देउवाले देशको अर्थतन्त्रमा ध्यान नदिएको उनको आरोप थियो ।