१४ बैशाख २०८१, शुक्रबार

तस्बिरमा – फुङ्लिङ बजारमा आगलागी, उपचारका क्रममा वृद्धाको निधन

Tpj aago 2 2

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते हुनुभएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा निधन भएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

RSS aglagi
Tpj aago
Tpj aago 1
Tpj aago 2 2
Tpj aago 3
Tpj aago 4 1
Tpj aago 5 1
Tpj aago 6 1
Tpj aago 7 1

    सम्बन्धित समाचार...