१५ चैत्र २०८०, बिहीबार

गालातासारेसँग रोकियो घरेलु मैदानमा बार्सिलोना

barc

युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहीबार राति क्याम्प नोउमा भएको खेलमा दुवै टिम गोलरहित बराबरी खेले ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुने छ ।

राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २–० अन्तरले पराजित गरेको छ ।