७ बैशाख २०८१, शुक्रबार

विदेशबाट आउनेका लागि जारी गरिएका जनस्वास्थ्य सम्बन्धी सबै प्रावधान खारेज

bidesh

सरकारले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि नेपाल आगमन सम्बन्धी लागू गरिएका सबै प्रावधानहरु खारेज गरेर नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।

अध्यागमन विभागले अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने नियम ल्याएको हो ।

अब विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको विभागले जनाएको छ । विदेशबाट आउनेहरुका हकमा जारी गरिएका जनस्वास्थ्य सम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको पनि विभागले जनाएको छ ।

नयाँ ‘ट्राभल एडभाइजरी’मा अब अन्तर्राष्ट्रिय प्रवेश विन्दूबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ रिपोर्ट पेस गरे पुग्ने उल्लेख छ । साथै कानूनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने भएको छ ।