१५ चैत्र २०८०, बिहीबार

फिल्म ‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

download

दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा प्रदीपलाई निक्कै भिन्न अवतारमा देख्न सकिन्छ ।

यसअघिका फिल्ममा लभरव्वाय भूमिकामा देखिदै आएका प्रदीपले यसपटक चुनौती मोलेरै नयाँ पात्रको रुपमा आफुलाई ढालेका छन् । उनको गाउँले लूक्सले दर्शकको ध्यान केन्द्रित गर्न सक्छ । उनले विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको भूमिका निर्वाह गरेका छन् । सरकारी शिक्षक बन्ने संघर्ष नै फिल्मको मख्य कथा हो ।

पोस्टरमा प्रदीपसँगै दीया मास्केपनि फिचर्ड छिन । उनिपनि गाउँले महिलाको भूमिकामा छिन । फिल्ममा प्रदीप र दीयाका अलवा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।

फिल्मको सम्पुर्ण छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् ।

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । फिल्मलाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन् ।