१२ बैशाख २०८१, बुधबार

एकाविहानै सङ्खुवासभामा बस दुर्घटना हुँदा १३ जनाको निधन

sankhuwasabha accident

सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको निधन भएको छ ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।

acc

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।