१५ बैशाख २०८१, शनिबार

संखुवासभाबाट प्रदेशसभामा एमालेका लिंथेप निर्वाचित

Bidur kumar linthep

नेकपा एमालेका विदुर कुमार लिंथेप संखुवासभाको प्रदेशसभा (२) बाट निर्वाचित भएका छन् । लिंथेपले १५ हजार ४ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादी पार्टीकी सरिता खड्काले १५ हजार २ सय ४२ मत ल्याइन् । एमालेका लिंथेप २ सय ४० मतान्तरले निर्वाचित भएका हुन् ।