७ बैशाख २०८१, शुक्रबार

अधिकारीलाई पराजित गर्दै राप्रपाका उपाध्यक्ष पाण्डे निर्वाचित

BIKRAM PANDE
फाइल फोटो

चितवन निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पराजित गरे। पाण्डेले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए ।

चितवन–३ मा डा. अधिकारीलाई नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलले समर्थन गरेका थिए भने नेकपा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो ।