७ जेष्ठ २०७९, शनिबार

चुलोचौकोमै फर्किइन् उर्मिला बन्दुक छाडेर

urmila

दश वर्षे माओवादी सशस्त्र जनयुद्धमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले सुरु गरेको युद्धले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचोको अन्त्य हुन्छ भनेर देखाइएको सपना भ्रम रहेको उनको भनाइ छ ।

देश परिवर्तन गर्छु भनेर हिँड्ने माओवादीका नेताहरू अहिले आफैँ अधिकारको दुरुपयोग गर्दै आफू र आफन्तको हितमा केन्द्रित भएको उनको गुनासो छ ।

युद्धमा होमिँदा महिला हिंसाको अन्त्य हुन्छ, बालविवाह, बहुविवाहको अन्त्य हुन्छ, सर्वहारा वर्गको राज्यसत्ता स्थापना भए उत्पीडित नागरिकका दिन आउँछन् भन्ने सपना देखाइएपछि उनी ८ साउन २०५८ मा माओवादी युद्धमा होमिएकी थिइन् ।

दुल्लु नगरपालिका माइती घर भएकी उर्मिलाको घर नजिकै प्रहरी चौकी थियो । उनी कक्षा ९ मा पढ्दै थिइन् । विद्यालय आउँदा जाँदा प्रहरीले उनलाई माओवादी कहाँ छन् भनेर सोध्ने गर्थे । प्रहरीले माओवादीबारे सोध्न थालेपछि उनलाई माओवादीमा जाने सोचमा पुगिन् । महिलामुक्ति, जातीयमुक्तिका निम्ति लड्नुपर्छ भन्दै माओवादी कार्यकर्ताले उनलाई फकाउन थालेपछि उर्र्मिलालाई युद्धमा होमिन मन लाग्यो ।

तर, आफूलाई देखाएको सपना सपनामै सीमित रहेको उर्मिलाको गुनासो छ । माओवादी युद्धताका उनको प्रेरणाले चुलो चौकोमा सीमित कैयौँ किशोरी युद्धमा होमिन तयार भए । तर, उनी अहिले आफैँ पीडित र अशक्त छिन् । बन्दुक बिसाएर अहिले उनी चुलोचौकोमै छिन् ।

फागुन २०५८ मा अछामको मङ्गलसेन आक्रमण गर्दा सहभागी भएकी उर्मिला सेक्सन भिसिसमेत भएकी थिइन् । विभिन्न स्थानमा भएका आक्रमणमा होमिएकी उर्मिला रुकुमको खार आक्रमण पश्चात् अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमणमा भने घाइते भइन् । सो भिडन्तमा बायाँ खुट्टाको ह्पि हँुदै गोली बाहिर निस्केको उनी बताउँछिन् ।

उनको उपचार नेपालमा सम्भव नभएपछि भारतको लखनउ पुर्‍याइयो । उनको उपचार त्यहाँ पनि सम्भव भएन । त्यहाँबाट पनि भारतको पन्जाबको जलनधर पुगेर उपचार गरेको उर्मिला सझिन्न्छिन् । तर, उपचार भइरहेको भारतीय आर्मीले जानकारी पाएपछि उर्मिलालाई राम्रोसँग उपचार नगरी २०६२ मा नेपाल ल्याइयो । त्यसपछि नेपालगन्ज क्षेत्रीय अस्पतालमा राखियो ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला उनी उर्मिला दैलेख जिल्ला फर्किइन् । तर, ज्यानको बाजी मारेर लडाइँ गर्दा पनि न देशको न आफ्नै जीवनमा परिवर्तन आउन नसक्दा उनलाई चिन्तित् बनाएको बताउँछिन् ।

‘१७ वटा लडाइँ लडेर अहिले न त कुनै व्यवस्था भयो । अपांग शरीर लिएर चुलौचौकोमै थन्किनुपरेको छ,’ उनले भनिन् । एक्लै रहेकी उनलाई कसैको साथ छैन । युद्धमा गोली लागेर शारीरिक रुपमा अपांग रहेकी