
रौतहटको ईशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न आज देखि दुई दिन बिदा दिएको छ ।
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै अन्तरपालिका स्तरीय मेयर कप टि टवान्टी क्रिकेट प्रतियोगिताको लागि फागुन २५ र २६ गते दुई दिने सार्वजनिक बिदा दिएको हो ।
प्रतियोगितामा जनप्रतिनिधि र कर्मचारी समेत सहभागी र व्यवस्थापनमा खटिनु पर्ने भएको हुँदा बिदा दिएको उल्लेख गरिएको छ । नगरप्रमुख मेहताले क्रिकेट प्रतियोगितामा सार्वजनिक बिदा दिएपछि यसको स्थानीय स्तरमा भने आलोचना भएको छ ।
मधेश प्रदेशमा स्थानीय तहले विभिन्न पर्वमा सार्वजनिक बिदा दिने गरेको भएपनि रौतहटको ईशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगितामा समेत सार्वजनिक बिदा दिएको हो । सार्वजनिक बिदा दिएपछि त्यस नगरपालिका लगायतका सेवा प्रदायक निकाय बाट सेवाग्राहीको काम हुन सकेको छैन ।