१३ बैशाख २०८१, बिहीबार

यस्तो घोषणा गर्‍यो कांग्रेसले चुनावी अभियान

congress

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित एक महिने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आज पार्टी पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा एक महिने अभियानबारे जानकारी गराइएको हो ।

‘घरघर जाउँ, कांग्रेस जिताऔं’ अभियान फागुन २९ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ। केन्द्रीय समितिले ७७ जिल्लामा प्रतिनिधिहरु समेत खटाएको छ ।

सबै जिल्लामा खटिने केन्द्रीय सदस्यहरु अभियान शुरु हुनुभन्दा दुई दिनअघि जिल्लामा पुगिसक्नुपर्ने कार्यतालिका छ ।

यसैगरी अभियानकै क्रममा कांग्रेसले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा सरकारको तीन वर्षे कार्यकालमा भएका अनियमितता जनता समक्ष व्यापक बनाउने र कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसदबाट पारित भएको एमसीसीबारे वास्तविकता प्रष्टसँग राख्ने भएको छ ।