१३ बैशाख २०८१, बिहीबार

आज १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि

corona insurance

देशभर आज एक सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ३ सय ९४ नमुनाको परीक्षण गर्दा १ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ४८ जना संक्रमण मुक्त भएका छन् भने संक्रमित एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज २ लाख ३ हजार ६ सय २५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।