८ बैशाख २०८१, शनिबार

जनताको बलमा एमाले अघि बढ्छ : अध्यक्ष ओली

kp oli

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलमा एमाले अघि बढ्ने बताउनुभएको छ । एमाले गण्डकी प्रदेश कमिटिद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो ।

एमाले जनताबाट निर्वाचित भएर आउने शक्ति भएकाले कसैको डर नभएको उहाँले बताउनुभयो । पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले मुलुक अहिले सत्य र असत्यबीचको संघर्षमा रहेको उहाँले चर्चा गर्नुभयो । मुलुक स्थानीय तहको निर्वाचनमय भइसकेकाले इमान्दार भएर काम गर्न पार्टी पङ्तिलाई निर्देश गर्नुभयो ।

सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउनुहुँदै अध्यक्ष ओलीले विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उहाँले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

एमालेमा लागेर पद र अवसर पाइनँ भन्ने अवस्था नआउने भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “ढिलो चाँडो सबैले अवसर पाउने दिन आउँछ ।” अन्तर्राष्ट्रिय नारी दिवसको विषयमा चर्चा गर्नुहुँदै नेपालमा महिला सशक्तिकरण बढेको बताउनुभयो ।