१२ बैशाख २०८१, बुधबार

स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

deuwa

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेकपा एमालेका सिन्धुपाल्चोक जिल्ला सदस्यसहित तीन नेतालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले चुनावमा कांग्रेसको जित निश्चित हुनेगरी परिचालित हुन निर्देशन दिनुभएको हो ।

आज बिहान ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास, एमालेबाट निर्वाचित बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र युवा नेता कृष्ण क्षेत्रीलाई सभापति देउवाले कांग्रेसमा स्वागत गर्नुभएको हो ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बलेफी गाउँपालिकाको अध्यक्षमा विजयी क्षेत्री एमाले जिल्ला अध्यक्षको दाबेदार हुनुहुन्थ्यो ।