१४ बैशाख २०८१, शुक्रबार

‘बालबालिकालाई कुलतमा फस्न नदिने जिम्मेवारी सिङ्गो समाजको’

rajendra rai
फाइल फोटो

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भविष्यका कर्णधार बालबालिकाहरूलाई कुलतमा फस्न नदिने जिम्मेवारी समाजका सबै अङ्गहरूको भएको बताउनुभएको छ ।

समाज सेवा र मानव अधिकारमा महिला युवा सशक्तीकरणको आयोजनामा विराटनगरमा आयोजित बालबालिकाहरूलाई अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षित राख्न मन्त्रालय स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आजका बालबालिकाहरू नै भोलि देश बनाउने कर्णधार भएकाले उनीहरूलाई सबै खाले दुर्व्यसनीबाट जोगाउन जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री राईले बालबालिकाहरूलाई यस्ता सबै प्रकारका कुलत र दुर्व्यसनीबाट जोगाउने प्रमुख दायित्व राज्य र सरकारको भए पनि सबै ठाउँमा सरकारको उपस्थिति पुग्न नसक्ने भएकाले समाजका सबै अङ्ग र संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।