१६ चैत्र २०८०, शुक्रबार

(नामावलीसहित) माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार

prachanda family

नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् ।

आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।

यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए ।

माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार
१. प्रचण्ड
२. रेनु दाहाल
३. विना मगर
४. नारायण दाहाल
५. गंगा दाहाल
६. जीवन आचार्य

प्रचण्डको परिवारबाट ४ केन्द्रीय सदस्य