१७ बैशाख २०८१, सोमबार

कञ्चनपुरबाट विना मगरलाई हराउँदै एमालेका तारा लामा तामाङ विजयी

Bina magar and tara

माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।

लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।

लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।