७ बैशाख २०८१, शुक्रबार

साथीसँग रक्सी खान गए पति, रिसाएर पत्नीले गरिन् यस्तो हर्कत

sdd

राति खाना पकाउनुको साटो साथीसँग मिलेर रक्सी खान गएका पतिले जीवनभरका लागि निकै महंगो मूल्य चुकाउनु पर्यो । पतिसँग रिसाएकी पत्नीले माछा मार्ने भालाले उनको गुप्ताङ्ग नै काटिदिएकी छिन् ।

द सनको रिपोर्टका अनुसार थाइल्याण्डको बरिरम निवासी ४३ वर्षकी चनिता कुएड्रम खेतमा उखु काटिरहेकी थिइन् । उनका पति स्थानीय नदीमा माछा मारी जीविका चलाइरहेका थिए ।

रिपोर्टका अनुसार मार्च ३ का दिन अबेर साँझमा उनी भोकै कामबाट घर फर्किरहेकी थिइन् । उनलाई उनका पतिले घरमा खाना बनाइरहेका छन् भन्ने लागेको थियो । तर, घरमा हेर्दा उनका पतिले केही बनाएका थिएनन् । उनलाई भाउन्न भयो ।

कामबाट भोकै फर्किएकी उनीलाई निकै रिस उठ्यो । उनले खाना नबनाएर आफ्ना पति अरु साथीसँग रक्सी खान बाहिर गएको चाल पाइन् । उनी राति अबेरसम्म पतिको पर्खाइमा बसिन् तर उनी आएनन् ।

अन्त्यमा पति अबेर राति रक्सीले मातेर घर फर्किए । पहिलेदेखि नै रिसले पागल बनेकी पत्नी र रक्सीले मातेका पतिबीच विवाद शुरु भयो । वादविवाद बढ्दै जाँदा हात हालाहालको स्थितिमा दुबै उत्रिए ।

त्यतिबेला नै पत्नीले नजिकै रहेको माछा मार्ने भालाले पतिको गुप्ताङ्गमा जमाएर दिइन् । पतिकोे गुप्ताङ्गको आधा भाग भालाले छिनायो । रक्सीले मातेका उनलाई पहिले त कुनै होस नै भएन ।

पछि रगतले लतपतिएका पतिलाई छिमेकीको सहयोगमा उनै पत्नीले अस्पताल पुर्याइन् । डाक्टरले १७ टाँका लगाएर उनको लिङ्ग जोडिदिए ।