१४ बैशाख २०८१, शुक्रबार

देउवाले ओलीलाई प्रधानमन्त्री बनाउन खोजेका थिए : प्रचण्ड

274593207 10227576797431663 3832883802024938194 n

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन खाजेपछि आफुहरु एमसीसी सम्झौता गर्ने निर्णयमा पुगेको बताएका छन् ।

प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा प्रचण्डले देउवाल प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छलफल गरेर व्याख्यात्मक घोषणामा सहमति जुटाइएको बताएका हुन् ।

एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले एमसीसीमा उसले सुनौलो अवसर खोजेपनि त्यो सफल हुन नसकेको प्रचण्डको भनाई थियो ।

एमालेको योजनाअनुसार प्रधानमन्त्री ढल्किँदा गठबन्धनमा खटपट भएपनि व्याख्यात्मक घोषणासहितको एमसीसी पास भएपछि गठबन्धन जोगिएको बताएको एक केन्द्रीय सदस्यले बताए ।

व्याख्यात्मक घोषणासहितको एमसीसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै प्रचण्डले बीचमा कुनै समस्या आए त्यसलाई तोड्न सकिने अवस्था रहेको पनि बैठकमा बताएका थिए ।