१२ बैशाख २०८१, बुधबार

१ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, ३ को निधन

corona insurance

देशभर आज १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ९ सय २४ नमुनाको परीक्षण गर्दा १ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमित ३ सय २० जना संक्रमण मुक्त भएका छन् भने संक्रमित ३ को निधन भएको छ ।

आज १ लाख २४ हजार ७ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।