१० जेष्ठ २०७९, मंगलवार

करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेनमा प्रवेश

Russians

युक्रेनमा आक्रमण गर्न अध्याधिक मात्रामा रुसी सेना प्रयोग भैरहेको सैनिक एकेडेमीले दाबी गरेको छ । रोयल युनाइटेड सर्भिस इन्स्टिच्यूतका अनुसार करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेनमा प्रवेश गरेका छन् ।

अमेरिकी रक्षा अधिकारी डा. ज्याक वाल्टिनले बीबीसी रेडियोमा अन्तर्वार्ता दिने क्रममा ७५ प्रतिशतभन्दा बढी रुसी सेना प्रवेश गरिसकेको दाबी गर्नुभयो । उहाँले बेलारुसबाट अत्याधिक मात्रामा रुसी सेना प्रवेश गरेपछि राजधानी किभलाई कब्जा गर्न लागेको जानकारी दिनुभयो ।

एक समाचार संस्थाका अनुसार रूसी फाैज राजधानी किभभन्दा १० किलाेमिटर उत्तर नजिक पुगिसकेका छन् ।