१२ जेष्ठ २०७९, बिहीबार

टुँडिखेलमा नेपाली सेना दिवस मनाइँदै

Army

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।

महाशिवरात्रीको अवसर पारेर सेनाले आफ्नो दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरिएको नेपाली सेनाले बताएको छ ।

शिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बढाइँ कवाजसहितको विशेष समारोहको पनि आयोजना गरिने छ ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने नेपाली सेनाले बताएको छ ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।