१३ बैशाख २०८१, बिहीबार

प्रमुख सेनानी विष्टको शव लिन श्री एअरलाइन्स सुडान उड्यो

Shree M71B8FgzNB

सुडान मिसनकै क्रममा हृदयघातबाट मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश बिष्टको शव लिन श्री एयरलायन्सको जहाज शनिबार बिहान सुडानका लागि उडेको छ ।

संयुक्त राष्ट्रसंघको सुडान मिसनमा स्टाफ अफिसरका रुपमा खटिएका बिष्टको शव आइतबार दिउँसो काठमाडौं ल्याइने छ ।

नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको चैत १७ गते  शान्ती मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो । स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि उडेको हो ।

कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकले गरेको लकडाउनका कारण यो चार्टर उडानको अनुमति लिन झण्डै दुई साता ढिलाइ भएको हो ।

Shree

सुडान पुग्न नेपाल हुदै उड्नुपर्ने मुलुकहरु भारत, पाकिस्तान, मस्कट, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो ।

यो चार्टर उडानको खर्च संयुक्त राष्ट्र संघले बेहोर्ने सैनिक प्रवक्ता सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । श्रीले आन्तरिक रुटमा उडाउँदै आएको यो सीआरजे विमान काठमाडौंबाट सिधा सुडान उडान गर्ने क्षमताको भने होइन ।

काठमाडौंबाट बिहान पौने ८ बजे उडेको यो विमान मस्कटमा इन्धन भर्न टेक्निकल ल्याण्डिङ गर्नेछ । त्यहाँ त्यहा इन्धन भरेर सुडानस्थित खारथुम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

फर्किँदा पनि मस्कटमा अवतरण गरेर भोलि दिउँसो मात्रै काठमाडौं फर्किने छ । जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। । विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको पनि प्रवक्ता पाण्डेले बताए ।