१४ बैशाख २०८१, शुक्रबार

काराबाओ कप उपाधि: ९ औं पटक लिभरपुलले जित्यो

liverpol

लिभरपुलले काराबाओ कप फूटबलको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

वेम्बली रंगशालामा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो।

लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो ।

टाइ ब्रेकरमा लिभरपुल १० को विरुद्ध ११ गोलले विजयी भयो । दुबै टोलीका १०–१० जना खेलाडीले गोल गरेपछि गोलकिपरको पालो आयो । लिभरपुलका गोलकिपर केलेहरले गोल गरेपछि दबाबमा आएका चेल्सीका किपर अरिजाबालागाको प्रहार आकाशिएपछि चेल्सी पराजित हुनपुग्यो ।

चेल्सीले तिन पटक अफसाइड गोल गरेकोथियो । पछिल्लो पटक लिभरपुल २०११ र १२ को सिजन उपाधि जितेको थियो ।