८ बैशाख २०८१, शनिबार

अपडेट- पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

Paul Shah

बलात्कारको जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।

उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।  

नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । उनलाई खोजे पनि प्रहरीले फेला पार्न सकेको थिए।

उनी सामाजिक सञ्जाल फेसबुकमा लेखेर प्रहरीसमक्ष आत्मसमर्पण गर्न भन्दै काठमाडौंबाट तनहुँतिर लागेका थिए। आत्मसमर्पण गर्न काठमाडौंबाट तनहुँ जाँदाजाँदै उनलाई बाटैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी अहिले तनहुँ प्रहरी कार्यालयमा रहेको प्रहरीले जनाएको छ। शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।