१३ बैशाख २०८१, बिहीबार

सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना, १२ जना घाइते

6buss acident chautara

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ खोलाबगरमा बा २ ख ६५८८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । १२ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घाइतेहरुको बोडेगाउँ अस्पतालमा उपचार भईरहेको छ । चालक र सहचालक फरार रहेकोले खोजी कार्य जारी रहेको उहाँले बताउनुभएको छ ।

बगर मोडमा बे्रक नलागेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सो बस काठमाडौंबाट इन्द्रावती गाउँपालिका आउँदै गरेको थियो ।

हेलम्बु यातयातका उक्त गाडी सवा पाँच बजे पल्टिएको प्रहरीले जनाएको छ ।