१४ बैशाख २०८१, शुक्रबार

भागिरहेका पललाई लुकाउन मतियार बनेको आरोप निर्देशक थापालाई तीनकुने प्रहरी चौकी लगियो

paul sudarsan

पल शाह प्रकरणमा सोधपुछका लागि भन्दै निर्देशक सुदर्शन थापालाई प्रहरी चौकी लगेको छ।

नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न उनलाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगिएको हो ।

थापा चार दिनदेखि फरार भइरहेका पलले अभिनय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। अहिले सो फिल्म रिलिज भइरहेको छ। थापालाई तीनकुनेस्थित प्रहरी चौकी लगिएको छ।

प्राइम टेलिभिजनमा धमलाको हमाल कार्यक्रममा अन्तरवार्ता दिन पुगेका थापा अन्तरवार्ता दिइसके पछि प्ररहरीले सोधपुछका लागि भन्दै प्रहरी कार्यालय लगेको पत्रकार ऋषि धमलाले जानकारी दिए ।

नाबालिग बलात्कारको आरोप लागेका पल शाहसँग थापा निरन्तर फोन सम्पर्कमा बसेको र प्रहरीलाई यसबारे जानकारी नदिएको भन्दै उनलाई सामान्य सोधपुछका लागि महानगरीय प्रहरी वृत बानेश्वर लगिएको प्रहरी स्रोतले बताएको छ। शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् थापा ।

जघन्य अपराधका आरोपीसँग निरन्तर सम्पर्कमा रहनु र प्रहरीलाई खबर नदिनु पनि कानूनअनुसार दण्डनीय मानिन्छ। यतिबेला निर्देशक थापाको फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

आरोप लागेका ब्यक्ती लाई भगाउने वा लुकाउने काम गरेको पुष्टि भएमा त्यस्ता ब्यक्ती लाई समेत कारबाही हुने प्रावधान उल्लेख छ।

संहिताको दफा ३६ मा मतियार हुन नहुने उल्लेख छ। त्यसमा कुनै कसुर गर्ने नियतले त्यस्तो कसुर वा अन्य कसुर गर्न सहयोग पुर्‍याउने वा कसुर गरिसकेपछि कसुरदारलाई भगाउने, लुकाउने वा कसुर गर्न वा गाउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमको सहयोग पुर्‍याउने ब्यक्ती लाई मतियार मानिने उल्लेख छ।

आपराधिक षड्यन्त्रमा संलग्न भएर कसुर गर्ने, साधन वा ठाउँ उपलब्ध गराइदिने, जसको विरुद्ध कसुर गरिएको मानिने र कसुरको आधा सजाय हुने व्यवस्था छ।

संहिताको दफा २८ बालबालिकाबाट गराएको कसुरमा उमेर पुगेकालाई सजाय हुने व्यवस्था छ। सो दफामा कसैले कुनै बालबालिकालाई फकाई, सिकाई वा प्रभावमा पारी कुनै कसुर गर्न लगाएको रहेछ भने त्यसरी कसुर गर्न लगाउने व्यक्तिलाई निज आफैले त्यस्तो कसुर गरे सरह सजाय हुने उल्लेख छ।

पल अहिले प्रहरीको फरार सूचिमा छन् । उनलाई पक्राउ गर्नको लागि प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरीलाई सर्कुलेशन जारी गरेको छ ।