११ बैशाख २०८१, मंगलवार

प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी

Liverpool

इंग्लिस प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा साउथह्याम्टनले नर्विच सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान सेन्ट मेरी रंगशालामा ची एडम्सको गोलबाट साउथह्याम्टनले अग्रता लिएको थियो ।

त्यसपछि ८८औं मिनेटमा ओरिओल रोमेउले गोल थप्दै साउथह्याम्टनको अग्रता दोब्बर पारेका थिए ।

जितसँगै २६ खेलबाट ३५ अंक जोड्दै साउथह्याम्टन नवौं स्थानमा उक्लिएको छ । नर्विच तालिकाको पुछारमा रहेको टोली हो ।