७ बैशाख २०८१, शुक्रबार

पुरानै कुरा देउवासँग ओलीले राखेः सरकारका प्रवक्ता

gyanendra bdr Karki
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज राति अबेर बालुवाटारमा छलफल भएको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार छलफलमा एमाले अध्यक्ष ओलीले आफ्नो पुरानै अडान प्रधानमन्त्री देउवा समक्ष राखेका थिए ।

उनले प्रधानमन्त्री देउवाले सदनमा एमालेले गर्दै आएको अवरोध हटाउन आग्रह गरेको जानकारी दिए । उनले भोलिको कार्यव्यवस्था समितिको बैठकले सदनमा पेश भएको एमसीसीबारे छलफलका लागि ढोका खोल्ने पनि जानकारी दिए ।