१३ बैशाख २०८१, बिहीबार

ठोस निर्णयबिना नै सकियो बालुवाटार बैठक

deuba oli

नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल ठोस निर्णय बिना नै सकिएको छ । बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा करिब २ घण्टा चलेको छलफलमा संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रीत रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवाले संसदमा टेबल भएको एमसीसी सम्झौता अधिकतम सहमतिमा पारित गर्न प्रस्ताव गर्नुभएको थियो भने जवाफमा प्रमुख प्रतिपक्षी दलको नेता एवं नेकपा एमालेका अध्यक्ष ओलीले एमालेले संसद अवरोध गर्नुको कारण समाधान नभएसम्म अरु विषयमा सोच्न नसकिने जवाफ दिनुभएको थियो ।

‘यद्यपि छलफल निरन्तर जारी रहने’ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि पत्रकारहरुसँग भन्नुभयो।