१६ चैत्र २०८०, शुक्रबार

अझै एक–दुई दिन लाग्ने काठमाडाैंकाे फाेहर उठाउन

fohor byawasthapan

काठमाडौंको फोहोर एक हप्ता बित्दा पनि उठ्न सकेको छैन । सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै छ किलोमिटर सडक मर्मत कार्य गर्नुपरेकाले फोहोर उठ्न नसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो ।

सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक–दुई दिन फोहोर नउठ्ने उहाँको भनाइ छ । सडक निर्माण कार्यमा ठेकेदारले ढिलासुस्तीले गर्दा फोहोर उठाउन समस्या भइरहेको डंगोल बताउनुहुन्छ । ठेकेदारलाई कालोपत्रे गर्न आग्रह गरिएको भए पनि ढिला हुँदा फोहोर उठाउन समस्या भएको उहाँको भनाइ छ ।

कालोपत्रे नगरी गाडी चलाउन नै नमिल्ने भएकाले कालोपत्रे सम्पन्न भएपछि मात्र फोहोर उठाउन थालीने डंगोल बताउनुहुन्छ । अबको एक–दुई दिनमा कालोपत्रे सकिने र फोहोर उठाउन थालीने उहाँको भनाइ छ ।डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन ।