१२ आश्विन २०७९, बुधबार

बञ्चरेडाँडामा स्थानीयको अवरोधका बीच २८४ गाडीबाट फोहोर विसर्जन

fohor
फाइल फोटो

स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहार खसेको बताए ।