१३ जेष्ठ २०७९, शुक्रबार

एकैदिन उपत्यकामा १४ सयभन्दा बढी सवारी चालक कारबाहीमा

nepal traffic police
फाइल फोटो

ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५९ जना रहेका छन् ।

रातो बत्तीको उल्लङ्घन गर्ने ३८ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।