१४ बैशाख २०८१, शुक्रबार

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने

CPN Uinted Socialist

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा संसदमा प्रस्ताव दर्ता भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमसीसी संसदमा दर्ता भएसँगै फागुन १२ को बैठकमा यस सम्बन्धनमा छलफल अगाडि बढ्ने जनाइए पनि नेकपा (एस) को सोमबारको सचिवालयको बैठकले यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

‘एमसीसी प्रस्तावको विपक्षमा उभिनेछौं । यसमा पार्टीको पोजिसन स्पष्ट छ । हिजो दर्ता गरिएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र यसका लागि वातावरण पनि बनाउछौं ।’, खतिवडाले भन्नुभयो ।

यसबाहेक एमसीसीका कारण पार्टीमा आएका विभिन्न र्चाबारे उहाँले यसले पार्टी हितकोएकतालाई तोड्न नसक्ने बताउनुभयो ।

हिजो राष्ट्रिय आवश्यकताको आधारमा सरकार गठन भएको तर, सरकारभन्दा देश ठूलो भएका कारण पार्टीले यो निर्णय गरेको उहाँको भनाई छ । ‘सरकारमा बस्ने वा बाहिरिने भन्ने कुरा समयले निर्धारण गर्छ । एमसीसीको पक्षमा पार्टी लाग्दैन ।’, खतिवडा बताउनुहुन्छ ।

यस लगायत गठबन्धन र अन्य सबै विषयमा आज निष्कर्श ननिस्केका कारण नेकपा (एस) को सचिवालय बैठक भने जारी रहने जानकारी पनि उहाँले दिनुभयो ।