१४ बैशाख २०८१, शुक्रबार

भ्रष्टाचार आरोपमा बिहारका पूर्व मुख्यमन्त्री यादवलाई पाँच वर्ष जेल सजाय

main lalu prasad yadav

बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई पशु आहारासम्बन्धी घोटालामा पाँच वर्षको सजाय सुनाइएको छ ।

पशु आहारा सम्बन्धी पाँचौ मुद्दामा झारखण्डको सीबीआई विशेष अदालतले पाँच वर्षको जेल सजाय सुनाएको हो । अदालतले यादवलाई ६० लाख जरिवाना समेत तोकेको छ ।

यो मुद्दामा यादवले उच्च अदालतमा अपील गर्न पाउनेछन् । मुद्दा फैसला हुँदा यादव भिडियो कन्फ्रेन्समार्फत उपस्थित भए पनि अदालत परिसरमा ठूलो भीड जम्मा भएको थियो ।

सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले थप टोली परिचालन गर्नुपरेको थियो । ले सन् २०१७ मा लालु यादव आहारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएपछि कूल ८ महिना जेल र ३१ महिना अस्पतालमा बिताएका छन्।

उनले राँचीको होटवारस्थित बिरसा मुण्डा जेलमा आठ महिना बसेका थिए । त्यसपछि उनी जमानतमा रिहा भएका थिए ।

सन् १९९० को दशकमा पशुपालन र आहारामा करोडौँ रकम बराबरको घोटाला भएकोमा लालु यादवलाई लागेका ५ मुद्दामध्ये यो अन्तिम हो । यसअघिका ४ वटै मुद्दामा लालु यादव दोषी ठहर भएका छन् ।

    सम्बन्धित समाचार...