७ बैशाख २०८१, शुक्रबार

अपडेट बैतडी दुर्घटना: मृतक तीन जनाकाे सनाखत, छ जना घाइते

tiper accident

ग्रामीण सडकमा विद्यार्थी बोकेर हिँडेको निर्माण व्यवसायिको टिप्पर दुर्घटनामा परी निधन हुने तीन जनाको सनाखत भएको छ । ६ जना गम्भीर घाइतेको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बैतडीको पाटन नगरपालिका –३, गुरुडास्थित सिगास माविका विद्यार्थी बा ३ ख ४८७९ नम्बरको टिप्पर चढेर घर फर्किदै गर्दा सोमबार अपराह्न ४:३० बजे पाटन नगरपालिका –३, डमोरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको निधन भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।

प्रहरी निरीक्षक शाहीकाअनुसार प्रहरी टोली घटनास्थल पुगेको छ । ६ जना गम्भीर घाइते भएका छन् । टिप्पर चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

निधन हुनेमा पाटन नगरपालिका–३, जडाकोटका १२ वर्षीया ज्ञानु बिष्ट, सोही ठाउँका १७ वर्षीय अलीत अवस्थी र जनकराज पन्त रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । घाइतेको नामावली खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।