८ बैशाख २०८१, शनिबार

आयोगमा थप तीन दल दर्ता: दलको संख्या १०६ पुग्यो

Election Commission Nepal

स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी दर्ता भएका हुन्।

तीन दल दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन दल दर्ता प्रक्रिया सुरु भएको हो।

आयोगले दल दर्ता, निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति परिचालन, मतपत्र छपाई र प्रचार सामग्री तयारीको निर्णय गरेको छ।

आयोगको निर्णय जस्ताको तस्तै :

11 05 2078
11 5 2078