७ बैशाख २०८१, शुक्रबार

राजनीतिक दबाबको परिणाम महाभियोग: राप्रपा

rpp nepal meating

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग अदालतमा देखिएको राजनीतिक दबाबको परिषाम भएको बताएको छ।

मंगलबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो। अदालतको मर्यादा विपरीत न्यायधीशले इतिहासमै पहिलो पटक निरन्तर आन्दोलन गरेर न्यायालय कमजोर बनाउनुको दुष्परिणाम महाअभियोग भएको ठहर गरेको हो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले समान विचार भएका दल र मोर्चासँग सहकार्य गर्ने निर्णय गरेको छ। बैठकले ज्ञानेन्द्र शाहीको समूहलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

पार्टीको नीति अनुसार समान विचार भएका दलसँग सहकार्यका लागि महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा बनेको समितिले ज्ञानेन्द्र शाही नेतृत्वको नेपाल हाम्रो नेपाली अभियानलाई राप्रपामा समाहित गर्न प्रस्ताव गरेको थियो।