१५ चैत्र २०८०, बिहीबार

नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आग्रह

cyber

नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ ।

ब्युरोले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढेकोले यसबाट जोगिन सबैलाई आग्रह गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले विभिन्न किसिमका चिट्ठा परेको र पैसा लिनका लागि ट्याक्स तिर्नुपर्ने भन्दै अनलाइनमार्फत पैसा भुक्तानी गरी ठगी गरेको उजुरी बढेको बताउनुभयो ।

उहाँले आफ्नो पासवर्ड र ओटिपी कोड गोप्य राख्न र अरूबाट यसको दुरुपयोग हुन नदिन सबैलाई आग्रह समेत गर्नुभयो । साइबर ब्युरोले नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्वारा समय समयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा जानकारी लिनसमेत अनुरोध गरेको छ ।